देशभर इन्टरनेट सेवा विस्तार गर्दै डिसहोम:आईएसपीको लाइसेन्स प्राप्त

अनलाईन न्युजपाटी,काठमाडौँ समाचारदाता,माघ २६ गते।

स्याटेलाइट प्रविधिमार्फत देशभर डिजिटल टेलिभिजन पहुँच सम्भव बनाएको कम्पनी डिसहोमले अब त्यसैगरी इन्टरनेट सेवा समेत दिने भएको छ । त्यसकालागि डिसहोमले इन्टरनेट सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेको छ ।नेपाल दुरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बोर्ड बैंठकले डिसहोमलाई इन्टरनेट सेवा प्रदान गर्नका लागि लाइसेन्स दिएको हो । यो सँगै अब डिसहोमले देशभर इन्टरनेट सेवा विस्तार गर्ने भएको छ ।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार यहि हप्ताबाट इन्टरनेटको परिक्षण सुरु गरिनेछ । त्यसकालागि सिमित ग्राहकलाई इन्टरनेट प्रदान गरेर उनिहरुबाट आएको प्रतिक्रियाका आधारमा अबको दुई/तीन हप्ताभित्र यसको व्यवसायीक सुरुवात गरिने छ ।‘त्यसका लागि हामी प्राविधिक रुपमा सक्षम छौँ’, आचार्य भन्छन, ‘हामीले स्याटेलाइट इन्टरनेटका लागि इजरायली स्याटेलाइट कम्पनी स्पेस कम्युनिकेशनसँग सम्झौता समेत गरिसकेका छौं । सहरी क्षेत्रका ग्राहकलाई अप्टिकल फाइबर र ग्रामीण एवम् दुर्गम क्षेत्रमा स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिने तयारी भएको छ ।’फाइबर नेटलेमात्रै सबै ग्राहकलाई समेट्न नसकिने भएकाले स्याटेलाइट इन्टरनेट समेत दिने योजना बनाएका उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *