डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घट्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन ५ गते।

नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य समायोजन गरेको छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।खाना पकाउने ग्यास  र हवाई इन्धनको मूल्य भने साविककै याथावत रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेले बताए ।नियमित मूल्य समायोजन प्रक्रिया अन्तर्गत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *