अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदादाता,फागुन ५ गते।
क्यामरुनको उत्तर-पश्चिम क्षेत्रको एक गाँउमा कम्तीमा २२ जना मारिएका छन्।संयुक्त राष्ट्रसंघका अनुसार गत शुक्रबार त्यस गाँउमा मारिएकामध्ये आधाभन्दा बढी बालकबालिका रहेका थिए भने अधिकांशलाई जिउँदै जलाइएको थियो।यस घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन तर प्रतिपक्षी दलले सेनालाई दोष दिएको छ। क्यामरुनको सरकारले पनि घटनाबारे केही बोलेको छैन।राष्ट्रसंघका प्रतिनिधि जेम्स नुनानका अनुसार मारिएकामध्ये गर्भवती महिला समेत रहेको बिबिसीलाई बताएको छ। मृत्यु हुने मध्ये १४ जना बालबालिका रहेका थिए भने त्यसमध्ये नौ जना बालबालिका पाँच वर्षमुनि थिए।‘जुनसुकै समूहले गरेको भए पनि थप हिंसा गर्ने चेतावनी दिएको छ,’नुनानले भने,’हामीले केही नागरिकसँग कुरा गरेका थियौं उनीहरू एकदमै त्रसित देखिएका थिए।’सेनाले भने आफूमाथि लगाएको आरोप अस्वीकार गरेको छ।