लोक सेवाका विभिन्न सेवा र श्रेणीका स्थगित गरिएका पदपूर्ति प्रक्रिया खुला हुने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १६ गते

वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को कारण देखाउँदै निजामती सेवाको नयाँ पदपूर्तिको प्रक्रिया अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएका सम्पूर्ण पदपूर्ति प्रक्रिया फुकुवा गर्ने निर्णय गरेको छ ।

 सरकारले निजामती सेवाका विभिन्न सेवा र श्रेणीका स्थगित गरिएका सम्पूर्ण पदपूर्ति प्रक्रिया फुकुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगबाट भएको विज्ञापन अनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका, पदपूर्तिका लागि विज्ञापन आव्हान गर्न बाँकी रहेका र नियमित विज्ञापनको सम्पूर्ण पदपूर्ति सम्बन्धी व्यवस्था फुकुवा गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *