समान्य लेखपढ गरेकालागि नेपाल प्रहरीमा जागिर खुल्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २१ गते

नेपाल प्रहरीमा साधारण लेखपढ गरेकालागि जागिर खुलेको छ ।

तीन सय ६० जनाका लागि ‘प्रहरी कार्यालय सहयोगी’ को विभिन्न पदमा शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर दरखास्त आह्वान गरेको हो।

१८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाले दरखास्त दिन सक्ने प्रहरीले जानकारी दिएको छ।
खुला र समावेशी गरी माली, बगैंचे, भान्छे, हजाम, सिलाइरबुनाइ, कुचिकार र खेलाडीमा दरखास्त आह्वान भएको हो।

९ जना माली, बगैंचे, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ, बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि जागिर खुलेको हो।

खेलाडि सहयोगीतर्फ १५ जनामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तलन विधातर्फका महिला,पुरूष खेलाडीले मात्रै दरखास्त दिन पाउँछन्।

मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *