इटालीमा फेरि दुई हप्तासम्मको लागि लकडाउन

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २१ गते

इटालीका विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले शुक्रबारदेखि दुई हप्तासम्म लकडाउन गरिएको हो ।

इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छ।

कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा कोरोनाले बढेको चाप कम गर्न लकडाउन गरिएको इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बताएका छन् ।

यसअघि इटालीमा पहिलोपटक गत मार्च महिना लकडाउन गरिएको थियो ।

लकडाउनको रेड जोन घोषणा गरिएका प्रदेशहरूबाट मानिसहरुलाई आउजाउ गर्न रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *