७५ बर्सिय हजुरआमाको हत्या आरोपमा कैलालीबाट एक जना पक्राउ

अनलाईन न्युजपाटी कैलाली ,समाचारदाता, असार २५  गते

कैलालीमा आफ्नै हजुरआमाको हत्या आरोपमा कैलालीका युवक पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ वर्षिय गणेशबहादुर ऐरलाई प्रहरीले हजुरआमाको हत्या गरेको आरोपमा पक्राउ गरेको हो। उनले मंगलबार दिउसो फलामको रड र धारीलो हतियार (दाउ) प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ।

७५ वर्षिया पार्वतीदेवी ऐरको हत्या गरेको जानकारी पछि बुधबार बिहान ईलाका प्रहरी कार्यालय फल्टुडेले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव पउरीक्षक प्रतिक बिष्टका अनुसार घरको पश्चिम पट्टी अरहरको झारले लाशलाई छोपीएको थियो। उनलाई घरबाट नै प्रहरीले पक्राउ गरेको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *