अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, असार २५ गते
अविरल वर्षाबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा भोटेकोशी नदी बाढीले १५ घर बगाएको छ। १९ जना व्यक्ति हाल सम्म सम्पर्क बाहिर छन् ।
बाह्रबिसेको गाती बजारको १४ घरका बगाएको छ, १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको छ ।
नेपाली सेना र स्थानीयले बेपत्ता भएकाहरुको खोजी कार्य गरिरहेको एक स्थानीयले जानकारी दिनु भयो । उहाँका अनुसार सो नगरपालिकाको जम्बुमा रहेको एल्मो ठाडो खोलामा राती ११:३० बजे बाट बाढी आउदाँ उक्त क्षति भएको हो ।
प्रहरीका अनुसार रातभर परेको बर्षाले तातोपानी स्थित चाकु बजार नजिकै रहेको झ्यालेखोला सडक बगाएको छ । बाह्बिसे नगरको जलेटार आर्मी ब्यारेकमूनिको सडक पनि बाढीले बगाएको छ । लामोसाँघुमा भखरै लगाएको प्लम्ब ढलान पनि बगाएको छ । जुरे पहिरोमा सडक बगाउदाँ सडक सम्बन्ध टुटेको छ ।