वीरगंज महानगरपालिका मेयरलाई कोरोना संक्रमण पुष्टि

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, साउन १६ गते

 प्रदेश नं २ मा रहेको एकमात्र महानगरपालिका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ। वीरगंज महानगरपालिका नगरप्रमुख विजय कुमार सरावगिलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नगरप्रमुख विजय कुमार सरावगिले बिहीबार सामाजिक सञ्जाल फेसुकमार्फत् आफूलाई कोरोना सङ्क्रमण लागेको जनाएका छन् । नगर प्रमुख सरावागिले कोरोना महामारीको समय जनताको सेवामा लाग्दा आफै कोरोना सङ्क्रमणको चपेटमा परेको जनाएका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् ।

वीरगञ्जलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ,’ मेयर सरावगीले फेसबुकमा लेखेका छन्, तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै कोरोनालाई जित्ने छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *