अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन १६ गते
हरेक दिन भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र ५५ हजार नयाँ कोरोना संक्रमण भएको पाइएको छ ।
जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।
अहिले भारतमा कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ४० हजार पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ३५ हजार ७ सय ८६ पुगेको छ । बिहीबार मात्रै त्यहाँ ७ सय ८३ जनाको मृत्यु भएको छ ।