अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन १६ गते
कोरोनाभाइरसको संक्रमणका कारण नेपालमा थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा न ११ श्रीपुर बस्ने ५६ बर्सिय पुरुषको गण्डक अस्पतालमा निधन भएको छ। वहा मुटुको रोगबाट उपचार गराइरहेका थिए ।
पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा न १६ बस्ने ३५ बर्सिय पुरुषको गण्डक अस्पतालमा निधन भएको छ।
पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा न २ छपकैया बस्ने ६५ बर्सिय पुरुषको निधन भएको छ।
पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा न ११ स्थाई निवासी ललितपुर बस्ने बस्ने ६५ बर्सिय महिलाको पाटन अस्पतालमा उपचार को क्रममा निधन भएको छ। मधु मेह तथा प्रेशरको रोग उपचार गराइरहेका थिए ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सामा ४ जनाको कोरोनाका कारण मृत्यु भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।