अनलाईन न्युजपाटी, सर्लाही,समाचारदाता, साउन १७ गते
हरिवन नगरपालिका वडा न .४ तिनघरे मा जरजर् अवस्थामा रहेको बाटोमा वडा मा आएको बजेटले तत्काल जनतालाई राहत पा ऊने गरि ग्रेबल राखियो । ग्रेबल राखी सकेको बाटोबाट छानी छानी ढुंगा गिटी बटुली बाटोको साईडमा थुपारियो।
कुन प्रयोजनको लागि यो ढुंगा गिटी निकालिएको हो भन्ने जानकारी स्थानिय बसीलाई समेत छैन। स्थानीय बसी संग सोधपुछ गर्दा “हामी लाई जानकारी छैन किन यो ढुंगा गिटी निकालिएको हो “

किन जनताको आँखामा धुलो छर्ने काम गर्दै छ वडा अध्यक्षज्युले ?
जरजर् अवस्थामा रहेको बाटो ग्रेबल खसेको त सबैलाई जानकारी दिनुभयो । बनिसकेको बाटोबाट ढुंगा निकालिनु यो कतै न कतै ढुंगा तस्करीको तर्फ ईसारा गर्दैछ।
जनताबाट चुनिएका स्थानीय जनप्रतिनिधि जनताको काम गर्नुको साटो बाटोबाट ढुंगा, गिटीको अवैध निकालिने कामले उक्त बाटोको भविष्य नै संकटमा पर्न लागेको स्थानीय वासिन्दाले जानकारी दिए ।