अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ४ गते
बैतडीमा हाइस दुर्घटना हुदा ११ जना घाइते भएका छन्।
जिल्लाको पाटन नगरपालिका वडा नम्वर ६ स्थित लामाखेत भन्ने स्थानमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्। महेन्द्रनगरबाट दार्चुला तर्फ गइरहेको बा ३ ख ९११७ नम्वरको हाइस बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरिक्षक किसन चन्दले बताउनुभयो।
घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका ३५ वर्षीय शेर बहादुर सावद र दार्चुलाको शैल्यसिखर नगरपालिका ९ की २५ वर्षीया विस्ना जोशी रहेकी छिन्। उनीहरुलाई उपचारका लागि धनगढी पठाइएको प्रवक्ता चन्दले बताउनुभयो।