अनलाईन न्युजपाटी, जनकपुरधाम,समाचारदाता, भदौ २१ गते
धनुषामा थप एक साता लागि निषेधाज्ञा थपिएको छ । जिल्ला सुरुक्षा समितिको बैठकको निर्णय अनुसार आइतबार राति १२ बजे सम्मका लागि जारी गरिएको निषेधाज्ञालाई आगामी भदौ २८ गते राति १२ बजे सम्मका लागि बढाइएको छ।

सुरक्षाको मापदण्डको पालना गरि दिउँसो २ बजे सम्म पसल संचालन गर्न पाउने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाईले जानकारी दिए ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन जिप्रका धनुषाले आग्रह समेत गरेको छ।

धनुषामा हाल ५०० भन्दा बढी कोरोना संक्रमित छन् भने १६ जनाको कोरोना सङ्क्रमणबाट कारण निधन भएको छ।