अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता, असोज २५ गते
सिरहाको लहान नगर पालिका वडा नम्बर ११ का अध्यक्ष राज कुमार साहले बदनियत पुर्ण तरिकाले निर्माण संरचना भत्काएको पीडितले आरोप लगाएका छन्।
पडरिया चौक देखि सरस्वती गाउँको शिब चौक सम्म निर्माण हुन् लागेको ३०फिटको बाटोमा एक नासको मापन नगरी दोहोरो मापदण्ड अनुसार नाप गरी पक्ष,पात गरेर निर्माण संर्चना बिगारीएको पीडित सजन साह ले बताए ।

लहान११ पिडरबोनी गाउँमा बिकासको गति ल्याउन सागुरो बाटोलाई फराकिलो र कालोपत्र गर्न अध्यक्ष साह ले घर र्मुलिलाई कुनै लिखित ठोस सुचना नदिई एकासि आफ्नै मनमौजी,तरिकाले प्रहरीको संरक्षणमा डोजर लगाएर स्थानीय सजन कुमार साह,श्रीलाल साह,जिबछ साह सम्भु साहको घर र घरको वाल भतकाएका छन्।
करिब एक बर्ष अगाडि चौरी को बाटोमा कालोपत्र गरेका थिए।दोहोरो मापदण्ड अनुसार अध्यक्ष ले नाप गर्न लाग्दा पीडित पक्षले लहान नगरपालिकाका मेयर मुनि साह लाई सुझावको लागि ज्ञापन पत्र समेत बुझाएका थिए।
वडा अध्यक्ष राज कुमार साह लहान नगरपालिकाको प्रबकाता समेत रहनु भएको छ्। साह लाई बाटो फराकिलो गर्ने क्रममा गाउँका युवाहरुले हात पात समेत गरेका थिए ।
यता साह ले आफु घर भत्काउनु भन्दा अगाडि सबैलाई अग्रिम जानकारी गराएको अध्यक्ष साहले दाबी गर्नु भयो ।