नेपालमा आज थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २३  गते

नेपालमा आज थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ६०० पुगेको छ।

एक जना महिलासहित ९ पुरुषले कोरोना संक्रमणको कारण ज्यान गुमाएका हुन्। योसँगै नेपालमा कोरोनाका कारण मृतकको संख्या ६०० पुगेको छ।

जसमा झापाका दुई पुरुष सुनसरीका ३ पुरुष काठमाडौंका एक पुरुष र एक महिला, ललितपुरका एक र रुपन्देहीका दुई पुरुष छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *