अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २३ गते
नेपालमा आज थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ६०० पुगेको छ।
एक जना महिलासहित ९ पुरुषले कोरोना संक्रमणको कारण ज्यान गुमाएका हुन्। योसँगै नेपालमा कोरोनाका कारण मृतकको संख्या ६०० पुगेको छ।
जसमा झापाका दुई पुरुष सुनसरीका ३ पुरुष काठमाडौंका एक पुरुष र एक महिला, ललितपुरका एक र रुपन्देहीका दुई पुरुष छन्।