बडा दशैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, कार्तिक २ गते

आज बडा दशैंको दोस्रो दिन अन्तर्गत दोस्रो दिन ब्रह्मचारिणी देवीको दर्शन र आराधना गरिँदै ।

घटस्थापनाको दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । यसअघि हिजो दशैँ घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरियो भने आज देवी भगवतीको पूजा आराधाना गरिदै देशभर धुमधाम साथ मनाइँदै छ ।

घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै नौ दिनसम्म दशैं घरमा शक्ति स्वरुपा देवी दुर्गाको आह्वान गरी पूजा गरिन्छ ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *