अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २ गते
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या चार करोड नजिक पुगेको छ । दैनिक विश्वमा दैनिक तीन लाख दैनिक माथि कोरोना संक्रमित थपिने गरेका छन् ।

पछिल्लो २४ घण्टामा एकै दिन तीन लाख ७० हजार तीन सय ७२ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या तीन करोड ९९ लाख ४४ हजार १ आठ सय २६ पुगेको छ ।
संक्रमितमध्ये ११ लाख १४ हजार ५ सय ४७ जनाले ज्यान गुमाइसकेका छन् ।पछिल्लो २४ घण्टाभित्रमा पाँच हजार पाँच सय ५३ जनाको मृत्यु भयो ।
संक्रमितमध्ये दुई करोड ९८ लाख ८४ हजार १९जना उपचारपछि निको भएर घर फर्किएका छन्। ८९ लाख ४७ हजार तीन सय ५९ जना उपचाररत रहेकोमा ७१ हजार आठ सय ३८ जनाको अवस्था चिन्ताजनक छ।