भारतमा शनिबार ६२ हजार भन्दा बढी नयाँ कोरोना संक्रमित थपिए

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २ गते

भारतमा शनिबार ६२ हजार ९२ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ७४ लाख ९२ हजार सात सय २७ पुगेको छ । भारतमा कोरोना भाइरस संक्रमितमध्ये अहिले सम्म एक लाख १४ हजार ६४ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३२ जनाको ज्यान गयो । ६५ लाख ९४ हजार तीन सय ९९ जनाको  उपचारपछि निको भएर घर फर्किएका छन् ।

सात लाख ८४ हजार दुई सय ६४ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *