उदयपुरमा स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन जना गम्भीर घाइते

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कतिक २ गते

उदयपुरको कटारी नगरपालिका१४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ  ।

भैरहवाबाट ओखलढुङ्गातर्फ आउँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो राति १ बजे सिद्धिचरण लोकमार्गमा अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरे भिरमा दुर्घटना भएको हो।

दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्दाजी ३०/३२ वर्षका पुरुष, ३०/३५ वर्षका पुरुष र अर्की ३०/३५ वर्षकी महिलाको पहिचान भइनसकेको उनले बताए। पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो। अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको छ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ। गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ। उनीहरु सबै जना भारतबाट दशैँ मनाउन घरतर्फ आउने क्रममा भैरहवा क्वारेन्टिनमा बसेर गाडी रिर्जभ गरी आएको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *