महोत्तरीबाट कौडा खेलिरहेका तीनजना पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, कार्तिक १५ गते

महोत्तरी प्रहरीले बाँसघारीमा जुवा खेलिरहेका तीन जनालाई शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनरासिस्वा नगरपालिका ७ बस्ने ४० वर्षीय बिनोद कुमार साह, सोही उमेरका सरोज कुमार साह र ३५ वर्षीय सन्तोष कुमार साह छन् ।

उनका अनुसार कौडा खेलिरहेका अन्य दुईजना फरार भएका छन् ।

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *