अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १५ गते
जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत एक जना सुब्बा र कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि अतिआवश्यकीय सेवा बाहेक अन्य सेवा बन्द गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताए ।

जिल्लामा कोरोना संक्रमण पुष्टि भएका १ हजार ३ सय ६५ जनामध्ये १ हजार २ सय ४८ जना डिस्चार्ज भइसकेका र ४ जनाको मृत्यु भएको जिल्ला अस्पताल दैलेखका प्रमुख डाक्टर निराजन पन्तले बताए ।
पन्तका अनुसार १ सय १३ जना जिल्लाका बिभिन्न आइसोलेसन सेन्टरमा बसिरहेका छन् । कर्णाली प्रदेशमा सक्रिय संक्रमितको संख्या सबै भन्दा बढी ४ सय ७३ सुर्खेत र १ सय १६ दैलेखमा रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले बताए ।