अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, कार्तिक २२ गते
धनुषाबाट जुवा खेलिरहेको अवस्थामा ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला धनुषा जनकपुर जनकपुर उपमहा नगरपालिका वडा न ५ बस्ने दिलिप मण्डलले राजदेवी मन्दिर पछाडि संचालन गरेको D.K. होटलमा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरु ४० वर्षीय गणेश साह, ३७ वर्षीय कैलाश प्रसाद गुप्ता, ३४ वर्षीय बेचन साह, ३४ वर्षीय बेचन साह ४३ वर्षीय दिलिप मण्डल, ४३ वर्षीय दिलिप मण्डल, ४५ वर्षीय वद्री साह, ४५ वर्षीय वद्री साह रहेका छन् ।
गोप्य सूचनाको आधारका जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले ८ जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जुवाखेलिरहेको अवस्थामा उनीहरुको साथबाट १ लाख ६३ हजार ६ सय ६० रुपैयाँ र ३ बुक तासको गड्डी समेत बरामद भएको छ ।