अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २३ गते
जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्।
जोसेफ रोविनेट वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित हुनुभएको छ भने कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुनुहुन्छ ।
पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्।
आगामी नवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा उहाँले आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ । वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति हुनुहुनेछ । वाराक ओबामाको कार्यकालमा उहाँ उपराष्ट्रपति हुनुहुन्थ्यो ।
प्राप्त मतगणनाको परिणाम अनुसार, ७८ वर्षीय वाइडेन २७३ इलेक्टोरल मत पाएर राष्ट्रपतिमा विजयी हुनुभएको हो । चुनाबी परिणामलाई निकै ठूलो प्रभाव पार्नसक्ने राज्यका रुपमा बाँकी रहेका चारवटा राज्यमध्ये पेन्सिलभेनिया राज्यको मतगणनाको परिणाम आएपछि उहाँ राष्ट्रपति मा निर्वाचित हुनुभएको हो ।