धनुषामा कलेज बसले मोटरसाइकल लाई ठक्कर दिदा दुई जनाको घटनास्थलमै मृत्यू

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,पौष २९ गते।

जनकपुरधाम–ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनियाँस्थित सडक खण्डमा मंगलबार कलेज बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।जनकपुरस्थित मोडेल मल्टिपल कलेजको ज.१क २८२ नम्बरको बसले ज.१०प ३५२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट लक्ष्मीनियाँ ७ पर्सा पकडिया निवासी २५ वर्षीय सन्तोष ठाकुर र क्षीरेश्वरनाथ नगरपालिकाका अनवर राईको मृत्यु भएको हो । दुबैको घट्नास्थलमै मृत्यु भएको स्थानीयहरुले बताएका छन् ।कलेज बसेको ठक्करबाट दुई जनाको ज्यान गएपछि आक्रोशित भएका स्थानीयहरुले उक्त बसमा आगजनी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *