अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,पौष २९ गते।
खोटाङको बामराङमा विद्युत सर्ट भएर आगलागी भएको छ ।आगलागीबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बामराङ बस्ने गोपी कटवालको घरमा क्षति पुगेको हो । मंगलबार बिहान आगलागी हुँदा घर तथा विभिन्न सामान जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । अग्निपीडित कटवाल सामुदायिक सेवा केन्द्र दिक्तेलका प्रमुख एवं प्रहरी सहायक निरीक्षक छःन । पुरानो घर नजिकै नयाँ आरसिसी ढलानसहितको घर बनाए पनि कटवाल परिवार पुरानै घरमा बस्दै आएका थिए ।