अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,पौष २९ गते।
कैलाली प्रहरीले ईमोबाट चिट्ठा परेको भन्दै १० लाख ४० हजार ठगी गर्ने ७ जनालाई पक्राउ गरेको छ। भारु २५ लाखको चिट्ठा परेको भन्दै ठग्ने आईएमीका सञ्चालक र भारतीय नागरिक सहित ७ जनालाई पक्राउ गरिएको हो।मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्वर १२ बस्ने आईएमई संचालक ३८ बर्षीया ईन्दिरा पुरी, आईएमईमा कार्यरत ४२ बर्षीय मनमोहन अधिकारी, बिराटनगर– १० बस्ने सजिलो मनिट्रान्सफर संचालक ३७ बर्षीय बिश्वनाथ राजवंशी, रंगेली नगरपालिका ६ बस्ने बर्ष २८ बर्षीय भवेश कुमार मण्डल, सुनबर्षी नगरपालिका वडा नम्वर ८ बस्ने २२ बर्षका अब्दुल सलाम, भारत बिहार प्रदेश अररीया जिल्ला आमगाछी ग्रामपंचायत वडा नम्वर १३ बस्ने बर्ष २५ का शतिष मण्डल र सोही ठाउँका ५५ बर्षीय मोहमद ईसुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। भारु २५ लाखको चिट्ठा परेको र उक्त पैसा पाउनको लागि कर बापत रकम तिर्नु पर्छ भनि पटक पटक गरी १० लाख चार हजार ठगेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।