जनकपुरमा ठक्कर दिएको कार चेकजाँच गर्दा चाईनिज पेस्तोल र गोली बरामद,२ जना पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,माघ ५ गते।

जनकपुरमा ठक्कर दिएको कार चेकजाँच गर्दा पेस्तोल र गोली फेला परेको छ । चाईनिज पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोली सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया बस्ने वर्ष ४० का जितेन्द्र यादव र सोही नगरपालिका ५ महेन्द्रनगरका कुमोदनारायण झा रहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।जनकपुरधाम उपमहानगरपालिका १ भानु चोकमा शनिबार दुर्घटनामा परेको कारलाई चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो ।बा. १४ च. ७४५९ नम्बरको उनीहरु चढ्ने कारले ज. ९ प. ४८०६ नम्बरको मोटरसाइकलमा ठक्कर दिएपछि प्रहरीले कारलाई चेकजाँच गर्दा चाईनिज पेस्तोल र ६ राउण्ड गोली बरामद भएको जनाएको छ । दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *