दुर्गम जिल्ला हुम्ला एक महिनाभित्र सडक सञ्जालले जोडिदैँ

अनलाईन न्युजपाटी,हुम्ला,समाचारदाता,माघ ५ गते।

बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै एक महिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । हालसम्म हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । हुम्लालाई सडक सञ्जालले जोड्न नेपाली सेनाले दिन-रात एक गरि काममा जुटिरहेको छ । कर्णाली करिडोर अन्तर्गत सेनाले कालीकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्मको १४५ किलोमिटर सडकको निर्माण जिम्मा पाएको छ । ती मध्ये कालीकोट ४० किलोमिटर, बाजुरा ४४ किमि र बाँकी हुम्ला जिल्लामा रहेको जनाइएको छ ।लगातारको वर्षा र हिमपातका कारण सडक निर्माण तथा आवश्यक समान ढुवानी गर्न सेनालाई समस्या बनाएको जनाइएको छ । सेनाले कवाडी खोला बेलिब्रिज निर्माण कार्य सम्पन्न गरेको जनाएको छ । कवाडी नदीमा बेलिबिज्रको काम सम्पन्न भएसँगै हुम्लामा सवारी समाधान सहजरुपमा सञ्चालन हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *