अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता,माघ ५ गते।
उदयपुरमा अटो दुर्घटनामा खोटाङका एक वडा सदस्यको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेलटारबाट घरतर्फ जाँदै गरेका खोटाङ जन्तेढुंगा गाउँपालिका १ मैनटारका ३५ वर्षीय गणेश खड्का घाईते भएका हुन् । आफैले चलाएको स १ ह ३२३७ नं. को अटो चौदण्डीगढी १ को बंशिलाघाटमा शुक्रबार राति दुर्घटनामा पर्दा सदस्य खड्का गम्भीर घाईते भएको इलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक बुद्धीराम चौलागाईले बताए । बेल्टारका ट्राफिक हवल्दार तिलक पौडेलका अनुसार सडकदेखि १ सय ५० मिटर तल खसेको अटोका चालक खड्काको बिहान मात्र उद्धार गरिएको थियो ।खड्कालाई प्राथमिक स्वास्थ्य चौकी बेलटारमा प्रारम्भिक उपचार गरी शनिबार विहान बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएकोमा अस्पतालले मृत्यु घोषणा गरेका हुन । वडाध्यक्ष केदारमान राईका अनुसार जन्तेढुंगा १ बाट तत्कालीन नेकपा (माओबादी) बाट वडा सदस्य निर्वाचित हुन् ।