मोरङमा मादक पदार्थ सेवन गर्दै दुई समूहबीच भएको झगडामा ३ जना घाईते

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,माघ ५ गते।

दुई समुहबीच कुटाकुट हुँदा मोरङको धनपालनथान गाउँपालिका–४ का तीनजना घाइते भएका छन् । दुई समूहबीच शनिबारराति भएको दोहोरो कुटाकुटमा तीन जना घाइते भएका हुन् ।घाइते मध्ये दुईको अवस्था गम्भिर छ । स्थानीय ३५ वर्षीय मणिचन महतो, ६० वर्षीय रामविलास महतो, ३२ वर्षीय शंकर महतो, २१ वर्षीय हरिओम महतो, २६ वर्षीय किसुन महतोको समूह र ४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया, २४ वर्षीय धनीराम मुखियाको समूह बीच कुटाकुट भएको थियो ।विसुनदेव, बलराम र किसुन घाइते छन् । उनीहरु मध्ये विसुनदेव र बलरामको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले कुसहरि मण्डलको होटलमा मादक पदार्थ सेवन गर्ने क्रममा हरिओम र धनीरामबीच विवाद सुरु भएको थियो ।होटलबाट निस्किएर घरतर्फ जाँदै गर्दा उनीहरुले फोन गरेर मान्छेलाई बोलाएपछि दुवै पक्षबीच झडप भएको थियो । प्रहरीले धनीराम, मणिचन, रामविलास, शंकर, हरिओमलाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *