तिङ्लामा तनाव, प्रहरीले हवाई फायर र अश्रु ग्याँस समेत हाने

अनलाईन न्युजपाटी,सोलुखुम्बु,समाचारदाता,माघ ५ गते।

तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न कार्यक्रम विथालेको छन् । त्यसक्रममा प्रहरीले हवाई फायर र अश्रु ग्याँस समेत हानेको छ ।एक जनालाई गोली लागेको स्थानीयबासीले दावी गरेपनि प्रहरीले पुष्टि गरेको छैन । तर केही प्रदर्शनकारी घाइते भने भएका छन् । यस्तै प्रदर्शनकारीले १२/१३ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी गरेका छन् ।तिङ्लाको लाम्मानेमा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा कार्यक्रम राखिएको थियो ।तर तिङ्लाबासीले त्यसको विरोध जनाए । मुख्य प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका-११, तिङ्लामा विद्युतीकरण नगरी कार्यक्रम राखिएकोमा उनीहरुले विरोध जनाएका हुन् ।उनीहरुले पत्तालेको कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई रोक्ने क्रममा ढुङ्गामुडा समेत गरेका थिए ।स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो । तिङ्लावासीको विरोधकपछि प्रसारण लाइन उद्घाटन कार्यक्रम स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *