भारतीय प्रसिद्ध अभिनेत्री शबाना आजमी सडक दुर्घटनामा घाइते

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,माघ ४ गते।

भारतीय प्रसिद्ध अभिनेत्री शबाना आजमी शनिबार दिउँसो महाराष्ट्रको रायगड जिल्लामा रहेको मुम्बई-पुणे एक्सप्रेसवेमा सडक दुर्घटनामा घाइते भएकी छिन्। रायगडका प्रहरी अधीक्षक अनिल पारस्करले भने कि दुर्घटना मुम्बईबाट ६० किलोमिटर टाढा खालापुर नजिकै बेलुका  ३:३० बजे भएको थियो। आजमीले यात्रा गरिरहेको कार ट्रकसँग ठक्कर खायो। उनले भने कि आजमीलाई नवी मुम्बईको एमजीएम अस्पताल लगिएको छ। उनको अस्पतालमा उपचार भइरहेको छ, हाल उनी खतरा मुक्त अवस्थामा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *