सिरहाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,माघ ४ गते।

प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।सिरहाको लहान नगरपालिका १० मा सादा पोशाकका टोलीले स ४ प ४७३ नम्बरको मोटरसाइकल चेक गर्दा ब्राउन सुगरसहित सप्तरीको सुरुंगा नगरपालिका ८ का ३२ वर्षिय प्रेमकुमार चौधरीलाई पक्राउ गरेको हो । चौधरीको साथवाट ब्राउन सुगर १५ ग्राम ९२० मिलिग्राम, ह्वाईट सुगर २०० मिलि ग्राम, नाप गर्ने मेसिन १ थान, नेपाली रुपैयाँ १ लाख ७ हजार ५ सय र भारतीय रुपैयाँ ५ हजार ४ सय ४० नगद बरामद भएको छ । चौधरीलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *