अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चारजनाको मृत्यु

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,माघ ४ गते।

अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चारजनाको मृत्यु भएको छ। उताह राज्यमा शुक्रबार राति भएको घटनामा परी उनीहरूको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरूको भनाइ छ।  प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकाण्ड भएको हो। ‘सरकारी अधिकारीहरू घटनास्थलमा पुगेर चारजनाको मृत्यु भएको पुष्टि गरेका छन्,’ ग्रान्ट्सभिल्लेका एकजना प्रहरी अधिकृत होन्डा फिल्डसले भने। उनले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइते पाँचजनाको अस्पतालमा उपचार भइरेको जानकारी दिए। आक्रमण गर्ने र पीडितहरू एउटै परिवारका हुन की होइनन् भन्ने अहिले यकिन भइनसकेको पनि उनले बताए।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *