अनलाईन न्युजपाटी,नारायणगढ,समाचारदाता,माघ ८ गते।
नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ । मंगलबार खसेको सुख्खा पहिरो आज विहान २:४५ बजेको समयमा हटाईएपछि बाटो विहानदेखि नै दुईतर्फी संचालनमा आएको हो ।इच्छाकामना गाउँपालिका–६ तुइन खोला (३ नम्बर पुल नजिकै) मा मंगलबार सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । सडकमा करिव ४० देखि ५० मिटर पहिरो खसेको थियो । बाटो खुलाउन ३ वटा जेसिबी प्रयोग गरिएको थियो । बाटो दुईतर्फी संचालनमा आए पनि रातभरको जामले गाडी अझै लाइनमा छन् ।