धनुषामा ट्याक्टर पल्टिंदा चालकको घटनास्थलमै मृत्यु

अनलाईन न्युजपाटी,धनुषा,समाचारदादाता,माघ ८ गते।

धनुषामा ट्याक्टर पल्टिंदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा औरही गाउँपालिका-१ बस्ने ३५ वर्षीय सखिचन पासवान छन् ।मंगलबार राति औरही गाउँपालिका-२ देउरी चोकस्थित सडकमा अनटेस्ट लेखिएको ट्याक्टर अनियन्त्रित भई पल्टिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।सखिचनको सोही ट्याक्टरले किचेर मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *