अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ ८ गते।
प्रहरीले भन्सार छलेर ल्याइएको विभिन्न ब्राण्डका ६३४ वटा मोबाइल नागढुंगाबाट बरामद गरेको छ । मोबाइलसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा डोटीका उमेश भट्ट र सिन्धुपाल्चोकका इन्द्रबहादुर कटवाल छन् । महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले मोबाइल बरामद गरेको हो ।काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट डीएल२सीएटी ७०१७ नम्बरको कारभित्र एयर ब्याग, सिट, डिकी लगायतका स्थानमा फल्स बटम बनाएर मोबाइल राखिएका थिए ।मोबाइलका अनुमानित मूल्य १ करोड ५० लाख रुपैयाँ छ । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।