धनुषामा भारतबाट नेपाल र नेपालबाट भारत तस्करी गर्न खोजिएको ११ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,माघ ११ गते।

धनुषामा तस्करी ह्वात्तै बढेको छ । प्रहरीले तीन दिनमै भारतबाट नेपाल र नेपालबाट भारत तस्करी गर्न खोजिएको ११ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको छ।  शुक्रवार साँझ प्रहरीले मुखियापट्टी मुसहरनिया गाउँपालिका २ बाट २५ बोरा मरिच  बरामद गरेको छ । ज१च १९६३ नम्बरको म्याजिक भ्यानमा राखेर भारततर्फ लैजाँदै गरेको मरिच चेकजाँचका क्रममा बरामद भएको डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।  तस्करी भइरहेको विशेष सूचनाका आधारमा मुखियापट्टी मुसहरनियादेखि भारततर्फ जाने सडकमा चेकप्वाइन्ट राखेर उक्त म्याजिकलाई मरिच, १० कार्टुन चाउचाउ र अर्को १० कार्टुन चिजवल सहित नियन्त्रणमा लिइएको हो। म्याजिक चालक महोत्तरीको एकडारा गाउँपालिका १ का २३ वर्षीय रमेश साहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बिहीबार विदेह नगरपालिका २ दुहबी बजारबाट २ लाख ६५ हजार ६ सय रुपैयाँ बराबरको विभिन्न लत्ताकपडा पनि बरामद गरेको थियो। तर तस्करलाई पक्राउ गर्न नसकिएको दुहबी प्रहरी चौकीले जनाएको छ।  बुधवार पनि प्रहरीले जनकनन्दनी गाउँपालिका–२ बल्हा टोलबाट ५५ हजार ७ सय रुपैयाँ बराबरको तस्करी गर्न लागिएको सामान बरामद गरेको थियो। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ५० किलोग्राम मरिच र २५ किलोग्राम हरियो केराउ बरामद गरेको हो।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *