भोजपुरका सब-इन्जिनियर ६ हजार रुपैयाँ घुससहित पक्राउ

अनलाईन न्युजपाटी,भोजपुर,समाचारदादाता,माघ १० गते।
 
पुनर्निर्माण प्राधिकरण भोजपुरका कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। पुनर्निर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सब-इन्जिनियर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको हो। सब-इन्जिनियर तिवारीलाई शुक्रबार ६ हजार घुससहित भोजपुरको प्रधान होटलबाट अख्तियारको टोलीले पक्राउ गरेको हो। सब-इन्जिनियर तिवारी भोजपुर नगरपालिका-७ डाडा गाउँमा रहेको प्रधान होटलमा घुसबापतको रकम लिन पुगेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी श्याम सारु मगरको नेतृत्वको टोलीले त्यही होटलबाट रंगेहात पक्राउ गरेको हो। घटनाबारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *