अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ १० गते।
आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सानिमा बैंकले १ अर्बभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको नाफा एक अर्ब नाघेको हो।चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ५३ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९८ करोड २० लाख खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५ करोड ८५ लाख बढेर २ अर्ब १६ करोड ७९ लाख पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २३ करोड बढेर १ अर्ब ६२ करोड ३७ लाख पुगेको छ।खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५३ पैसा बढेर २६ रुपैयाँ १५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ६ पैसा र मूल्य आम्दानी अनुपात १३.१२ गुणा कायम रहेको छ।