सिरहामा आगोमा जलेर बिहिवार राती एक नाबालिकको मृत्यु

अनलाईन न्युजपाटी,सिरहा,समाचारदादाता,माघ १० गते।

सिरहामा आगोमा जलेर बिहिवार राती एक नाबालिकको मृत्यु भएको छ। कर्जनहा नगरपालिका ४ बसतिपुर बजारमा  घर भएकि अन्दाजी १५ वर्षीय सलोनी नायकको मृत्यु भएको हो।बिहीबार राती आमा आशा नायक र छोरी सलोनी दुइतले घरमा सुतिरहेको बेला करिब १२ बजे तिर अचानक घरको बिजुलीको मिटरमा आगलागि हुँदा आगो तल बाट माथी पुगेको थियो । आमा बाँच्न सफल भएपनि छोरीको भने ज्यान गएको सिरहा प्रहरीले जनाएको छ ।मृतकको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *