अनलाईन न्युजपाटी, पोखरा,समाचारदाता,फाल्गुन १२गते।
पोखराको फेवातालमा डुङगा पल्टिदा एक जना बेपत्ता भएका छन् । काठमाडौ महानगरपालिका १२ का २५ बर्षिय सुमित लुईटेल बेपत्ता भएका हुन् । सोही ठाउँका रूपेश अधिकारी र सुबिन चालिसेको उद्धार भएको छ । पोखरा महानगरपालिका १८ खपैदी स्थित फेवाताल किनाराबाट चालकबिना आफैं चलाएर लगेको डुंगा खपौंदी क्षेत्रमा पल्टिएको स्थानीयले अनलाईन न्युजपाटीलाई बताए । ‘चलाउँदा चलाउँदै पानी भरिएर पल्टिएको भन्ने अनुमान गरिएको छ । हराईरहेका सुमित लुईटेललाई नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजि रहेका छन् । फेवातालमा डुंगा चढ्दा/चलाउँदा लाइफ ज्याकेट अनिवार्य भए पनि लुइँटेलले लाइफ ज्याकेट नलगाएको प्रहरीले जनाएको छ । ङगा पल्टिएको देखेपछि उद्धार लागि गएका पोखरा १८ खपौदीका ५० बर्षिय बुद्धि जलार बेहोस भएका पछि उनलाई शसस्त्र प्रहरीले उद्धार गरेको छ । उनको अहिले मेट्रोसिटि अस्पतालमा उपचार भएको छ ।