अनलाईन न्युजपाटी,टिकापुर,समाचारदादाता,फागुन १२ गते।
सत्ती भन्सार कार्यालय खक्रौलाले अबैध रुपमा भारत निकासी हुदै गरेको केराउ सीमा बाट बरामद गरेको छ । आइतबार राती भन्सार कार्यालयको गस्ती टोलीले टिकापुर नगरपालिका ९ खक्रौलाको १०७ नम्बर पिलर नजिकै बाट १ सय ५ बोरा केराउ बरामद गरेको हो ।पछिल्लो समय यस नाकामा तेस्रो मुलुक बाट आयात गरिएको केराउ विना भन्सार निकासी हुने गरेको सूचनामा आधारमा वैध केराउ बरामद गरिएको हो । सत्ती कार्यालयका भन्सार अधिकृत रामचन्द्र शर्माले भारत निकासी हुदै गरेको अवस्थामा केराउ बरामद गरिएको बताए । सिमावर्ति क्षेत्रका प्यान नम्बर लिएका व्यापारीहरु मार्फत केराउ पठाईने गरेको पाईएको थियो । स्रोतका अनुसार सीमा क्षेत्र कालाकुण्डाका बासिन्दा लाई केराउ पसल बाट कालाकुण्डा घाट सम्म ढुवानी गरे वापत प्रति बोरा ६० रुपैयाँ व्यापारीलाई दिने गरेका छन ।