नेविसंघका कार्यकता राजेश हमाल पक्राउ परेको विरोधमा प्रदेश आधि घण्टा टायर बालेर चक्काजाम

अनलाईन न्युजपाटी,पोखरा,समाचारदादाता,फागुन १२ गते।

नेविसंघका आफ्ना कार्यकता राजेश हमाललाई प्रहरीले पक्राउ गरेको विरोधमा गण्डकी प्रदेश सभा अघि आधि घण्टा टायर बालेर चक्काजाम गरेको छ । अनेरास्ववियुका विराड दवाडी र विशाल पन्तको उजुरीपछि नेवि संघका राजेश हमाल पक्राउ परेका हुन् ।नेवि संघले राजेश पक्राउ परेको विरोधमा गण्डकी प्रदेश सभा अघि टायर बालेर आधि घण्टा चक्काजाम गरेर नाराबाजी समेत गरेको थिए । यस्तै, नेवि संघले पिएन क्याम्पस गेट अघि सरकारी नम्बर प्लेटको गाडि पनि आफ्नो नियन्त्रणमा लिएको छ ।सत्ता र शक्तिको आडमा आफूहरुलाई फसाउँन खोजिएको भन्दै नेवि संघले विरोध जनाउँदै आएको छ । पिएनका स्ववियु सभापति उम्मेद्वार राजेश हमाललाई पक्राउलाई क्यामपस प्रमुखले वार्ताको लागि बोलाएर प्रहरीलाई खबर गरि पक्राउ गराएको नेवि संघ कास्कीको आरोप छ । नेवि संघ कास्कीले क्याम्पस प्रमुखको राजिनामाको माग सहित राजेश हमाललाई बिना शर्त रिहाई गर्न माग गरेको छ ।नेवि संघका सतिश बास्तोला, गौरव बराल, बिपिन नेपाली, स्वरूप बन्जाडे, सौरव चाँपागाई, सुजी हितान मगर, युवराज पौडेल र अक्कल क्षेत्री विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । आफ्ना सदस्यलाई झुटा मुद्दा लगाएर फसाउँन खोजिएको नेवि संघका निर्वतमान केन्द्रिय सदस्य भानु ढकालले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको झण्डाको अपमान गरेर केक बनाई काँटेको भन्दै आफूहरुले विरोध जनाउँने जानकारी दिए ।
आफ्ना साथीहरुको स सम्मान रिहा गर्नुपर्ने उनको माग छ । आफ्ना मागहरु पुरा नभए सरकारी गाडि बन्द गर्ने र चरणबद्ध शैक्षिक हड्तालमा उत्रिने उनले बताए । प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको भन्दै केही समय अघि नेविसंघका २ र समाजवादी विद्यार्थी युनियनका ४ जना कार्यकर्ता समातिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *