सञ्जयकुमार साह ‘टक्ला’ विरुद्धका २ मुद्दामा विशेष अदालतमा अन्तिम सुनुवाइ सुरु

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,फागुन १३ गते।

धनुषा क्षेत्र नम्बर ३ का सांसद सञ्जयकुमार साह ‘टक्ला’ विरुद्धका २ मुद्दामा विशेष अदालतमा अन्तिम सुनुवाइ सुरु भएको छ । न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशमा गत शुक्रबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो । साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३१ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यस्तै सम्पत्ति शुद्धीकरण विभागले पनि ३२ करोडको मुद्दा दायर गरेको थियो ।साहले मन्त्री र सांसदको रुपमा पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको जिकीर गर्दै २०७३ पुस २५ गते अख्तियारले मुद्दा दायर गरेको थियो। सम्पत्ति शुद्धिकरण विभागले २०७४ चैत १६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । साहले गैरकानुनी क्रियाकलापबाट सम्पत्ति आर्जन गरेको र त्यसलाई लुकाउन अन्य १३ प्रतिवादीले साथ दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।टक्लाको मुद्दामा विशेषमा सरकारी वकिलले आफ्नो बहस समाप्त गरेका छन् भने उनका कानुन व्यवसायीको जिकीर चलिरहेको छ । उनको पक्षका कानुन व्यवसायीले बहस सकेपछि सरकारी वकिलहरुले जवाफ दिएपछि विशेषले फैसला सुनाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *