माध्यमिकी परिक्रमाका धार्मिक यात्रीहरु आज कञ्चनवनमा होली मनाउँदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,फागुन १८ गते।

महाकुम्भ १५ दिने माध्यमिकी परिक्रमाका धार्मिक यात्रीहरुले आज होली खेल्ने भएको छ । १५ दिने परिक्रमाको नेपालको महोत्तरी जिल्लाको अन्तिम पडावको रुपमा मानिएको कञ्चनवनमा धार्मिक यात्रीहरुले आज होली खेल्ने भएको छ । शनिवार ध्रुवकुण्डमा विश्राम गरेको किशोरीजीको डोला तथा मिथिला विहारीको डोला आज कञ्चनवन पुगी होली खेल्ने परम्परा रहेको छ । यस वर्ष कञ्चनवनको होली अझ भव्य बनाउन संघिय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी होली खेलिने वृहत्तर क्षेत्र विकाश परिषद जनकपुरले जनाएको छ । उक्त कार्यक्रममा हेलिकप्टर बाट पुष्पवृष्टि अर्थात फूलबर्षा गर्ने कार्यक्रम रहेको जनाइएको छ । परिक्रमाको प्रारम्भमा नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष्टवृष्टि गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *