अनलाईन न्युजपाटी,एजेन्सी ,समाचारदादाता,फागुन १९ गते।
दिल्लीमा भारतीय पुलिसले आइतबार दुई नहरबाट चारवटा शव बरामद गरेको छ । मृतकको पहिचान हुन सकेको छैन । यससँगै हिंसामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । यससँगै २ सय बढी घाइते भएका छन् । पुलिसले आइतबार कुनै पनि हिंस्रक घटना सार्वजनिक नभएको बताएको छ ।यद्यपि, दिल्लीका थुप्रै इलाकामा आइतबार बेलुकी स्थिती तनावग्रस्त भएको अपुष्ट खबर सोसल मिडियामा सार्वजनिक भएपछि मानिसहरुबीच भागदौड मच्चिएको छ ।