प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन आज प्रदेश सभामा मतदान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,चैत ४ गते।

प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी मंगलबार टुंगो लगाइँदै छ । त्यसका लागि प्रदेश सभाको बैठक बिहान ८ बजे नै बोलाइएको छ ।सभामुख सरोज कुमार यादवका अनुसार नाम र राजधानीको टुंगो गोप्य मतदानबाट लगाइने छ । मतदान सुरु हुनुअघि सांसदहरुलाई बोल्न दिइने उनले बताए । बोल्न चाहने सांसदलाई ५ मिनेटको समय उपलब्ध गराइनेछ । छलफल सकिएलगत्तै मतदान हुने सभामुख यादवले बताए । यसका निम्ति सबै तयारी भइसकेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *