धनगढीमा लागू औषधसहित एक जना पक्राउ

अनलाईन न्युजपाटी,धनगढी,समाचारदादाता,चैत ४ गते।

धनगढीमा लागू औषधसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार धनगढी उपमहानगरपालिका वडा नम्बर १३ झलारी गाउँका २९ वर्षीय लखनसिँह राना लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन्।उनको साथबाट ३ सय ३० मिलिग्राम ब्राउन सुगर र तीन हजार ७ सय ६० भारु रुपैंया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव निरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।   बरामद गरिएको उक्त ब्राउन सुगरको नेपाली मुल्य ७५ हजार हुने उनले बताए।पक्राउ परेका रानमामाथि थप अनुसन्धानका गर्न जिल्ला अदालत कैलालीबाट पाँच दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *